प्रमुख समाचार Friday, 2 Sep, 2022
Prestige Media

ललितपुर महानगरमा चलाइँदै डोजर

अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्दै आएकाहरूसँग घरधनीलाई भाडा नतिर्न महानगरको आग्रह

काठमाडौं–ललितपुर महानगरले अनधिकृत संरचना बनाएर व्यापार, व्यवसाय गर्नेहरूलाई समय दिएरै हटाउने भएको छ ।
अनधिकृत संरचना खाली गर्न सूचना दिने र दसैं सकिएपछि पनि घरधनीले नहटाए महानगरले कारबाहीसहित त्यस्ता संरचना हटाइदिने मेयर चिरीबाबु महर्जनले बताए ।

‘हामी कानुनी रूपमा विधि र प्रक्रिया पु¥याएर कारबाही गर्छौं। अनधिकृत संरचनालाई क्रमशः हटाउँदै जान्छौं’, मेयर महर्जनले भने, ‘हामी कसैलाई नोक्सान पु¥याउने काम गर्दैनौं। नियमअनुसार मौका दिएरै अनधिकृत संरचना हटाउँछौं।’अनधिकृत रूपमा बनेका संरचना हटाउन यसअघि पनि पटक–पटक सूचना दिइसकिएको उनको भनाइ छ।

महानगरले पटक–पटक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउन भने पनि घरधनीले मानेका छैनन्। अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइए प्रक्रिया पूरा गरेर महानगरले हटाउनेछ ।

‘घरधनी र व्यवसायीलाई भेटेर पनि अनधिकृत संरचना हटाउन भनिएको र दसैंको मुखमा साना व्यवसायीलाई मर्का नपरोस् भनेर यसो गरिएको महानगरले बताएको छ। अनधिकृत संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भन्दा पनि महानगरले घरधनीलाई नै कारबाहीको दायरामा ल्याउनेछ।

महानगरले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्दै आएकाहरूसँग घरधनीलाई भाडा नतिर्न आग्रह गरेको छ।
व्यापार व्यवसाय गर्दै आएका साना व्यापारीलाई व्यापार गर्ने ठाउँको विकल्प खोज्नसमेत आग्रह गरिसकिएको मेयर महर्जन बताउँछन्।
ललितपुरका नगर महानगरभित्रका व्यवसायी आफैं अनधिकृत क्षेत्रबाट हट्ने विश्वास प्रहरी प्रमुख सीताराम हाछेथुको छ।
‘सकेसम्म हामी डोजर लगाउँदैनौं। अनधिकृत संरचना उहाँहरू आफैंले हटाउनुहुनेछ भन्ने विश्वास छ,’ उनले भने, ‘हतार र आवेगमा हामी अनधिकृत संरचना हटाउँदैनौं। केही समय दिइन्छ। समयभित्र अनधिकृत संरचना नहटाए महानगरले नै हटाउनेछ।’

उनले अन्डरग्राउन्ड पार्किङ खाली गर्न दसैंसम्म समय दिइएको बताए। ललितपुर महानगरकै अधीनमा रहेको लगनखेलस्थित भवनमा नियम विपरीत बनाएको संरचना महानगरले हटाएको छ।

सडकपेटी नै ढाक्ने गरी संरचना बनाएपछि महानगरले त्यो संरचना हटाएको हो। ‘हामीले नियम र प्रक्रिया पु¥याएर व्यवसायीलाई समय दिएरै यस्तो संरचना हटाएका हौं,’ उनले भने।

ललितपुर महानगरले सहरी व्यवस्थापन विभाग (भवन निर्माण इजाजत विभाग)बाट सवारीसाधन पार्किङ प्रयोजन खुलाई नक्सा स्वीकृति लिएको छ भने बेसमेन्टलगायतमा व्यापारिक गतिविधि सञ्चालन नगर्न सचेत गराएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL