सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि बस्दै बैठक
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पु¥याउन कार्यदलको बैठक बस्न लागेको हो ।
काठमाडौं– सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बिहीबार पनि बस्दै छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पु¥याउन कार्यदलको बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
प्रतिनिधिसभाका १६५ तथा प्रदेशसभाका ३३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका गर्न प्रयास भइरहे पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन । बुधबार बेलुकी बसेको गठबन्धन बैठकमा पनि सबै दल आ–आफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेको थिएन ।
कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।







