समितिमा बयान दिन पुगे निलम्बित प्रधानन्यायाधीश जबरा
सिंहदरबारमा बयान दिन चोलेन्द्र पुगेसँगै समितिको बैठक सुरु भएको छ
काठमाडौं–निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा दोस्रो दिन बिहीबार पनि महाभियोग सिफारिस समितिको बैठकमा बयान दिन सिंहदरबार पुगेका छन् ।सिंहदरबारमा बयान दिन चोलेन्द्र पुगेसँगै समितिको बैठक सुरु भएको छ ।
जबरालाई महाभियोगसम्बन्धी ४३ प्रश्नमध्ये बिहीबार चार वटा प्रश्न सोधिँदै छ । बुधबार जबराले संसदीय समितिमा ४ घन्टामा ४ वटा प्रश्नको मात्र जवाफ दिएर फर्किएका थिए।
बयानका क्रममा उनले २८ असार २०७८ असार २८ गतेकै शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने गरी जारी गरिएको परमादेशकै कारण महाअभियोग लगाइएको भए त्यसमा आफ्नो कमजोरी देखाउन पनि चुनौती दिएका छन् ।
महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको हो ।







