राप्रपा अध्यक्ष लिङ्देनले भेटे राष्ट्रपति
राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे र समसामयिक विषयवस्तुबारे अध्यक्ष लिङ्देनसहित राप्रपा नेतासँग छलफल गरेकी हुन्
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीसँग छलफल गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे र समसामयिक विषयवस्तुबारे अध्यक्ष लिङ्देनसहित राप्रपा नेतासँग छलफल गरेकी हुन् ।
राष्ट्रपतिले छलफलका लागि बोलाएपछि अध्यक्ष लिङ्देन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी, कोषाध्यक्ष नीलकण्ठ काफ्लेलगायतका नेता शीतलनिवास पुगेका थिए ।
यस्तै, राप्रपा महामन्त्रीहरू भुवन पाठक, राजेन्द्र गुरुङ, कुन्ती शाही, प्रल्हाद शाहलगायत पनि शीतलनिवास पुगेका थिए । राप्रपा नेताहरूसँग राष्ट्रपतिले करिब दुई घन्टा कुरा गरेकी थिइन् ।
राप्रपा अध्यक्षसहित नेताहरूसँग राष्ट्रपतिले नागरिकता विधेयकलगायतबारे कुराकानी गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।







