पशुपतिनाथ मन्दिर दर्शनमा पुगे मेयर बालेन
पशुपतिनाथ मन्दिर दर्शनमा पुगे मेयर बालेन
ब्रेकर
हिन्दु धर्मावलम्बी नारीले हरितालिका तीज मनाइरहँदा मेयर बालेन्द्र पशुपति पुगेका हुन्
काठमाडौं–काठमाडौं महानगरका मेयर बालेन साह आराध्य देव महादेवको पूजाअर्चनाका लागि पशुपतिनाथ मन्दिर पुगेका छन् ।
हिन्दु धर्मावलम्बी नारीले हरितालिका तीज मनाइरहँदा मेयर बालेन्द्र पशुपति पुगेका हुन् । बालेन्द्र पुगेपछि उनीसँग तस्बिर खिच्ने र टिकटक बनाउनेको भीड लागेको थियो ।
बालेनसँग टिकटक बनाउनेको भीड लागेपछि केही बेर ठेलमठेल भएको थियो ।
भगवान् शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तीज पर्वमा मंगलबार पशुपतिनाथमा रातो सारी र गरगहनाले सजिएका महिला महादेवको दर्शनका लागि लाइन बसिरहेका छन् ।
मन्दिर आसपासमा महिला नाचगान गर्दै रमाइलो गरिरहेका छन् । अन्य वर्षभन्दा यस पटक पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन राम्रो गरेको व्रतालु महिला बताउँछन् ।







