प्रमुख समाचार
Friday, 26 Aug, 2022
आयोगले माग्यो समानुपातिक निर्वाचनमा भाग लिने दलको निवेदन
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन दलहरूबाट निवेदन आह्वान गरेको छ ।आयोगले शुक्रबारदेखि १२ भदौसम्म निवेदन दिइसक्न समय दिएको छ ।
प्रत्यक्षतर्फ दलका उम्मेदवारले मनोनयन दर्ता गरेजस्तै समानुपातिकतर्फ राजनीतिक दल उम्मेदवार भई मनोनयन दर्ताका लागि निवेदन दिन आयोगले समय दिएको हो ।
आयोगका अनुसार दलहरूले मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिन सक्नेछन् । आयोग परिसरमै उक्त कार्यालय खोलिसकिएको छ ।आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने २३ असोजमा गर्नेछ ।







