प्रमुख समाचार
Friday, 26 Aug, 2022
कांग्रेसको चुनाव लक्षित अभियान
काठमाडौं– नेपाली कांग्रेसले शुक्रबारदेखि चुनाव लक्षित अभियान सुरु गर्ने भएको छ ।कांग्रेसले यो अभियानलाई ‘जनताको साथमा नेपाली कांग्रेस’ नाम दिइएको छ ।
२४ भदौसम्म अभियान सञ्चालन हुने कांग्रेस केन्द्रीय कार्यालयले बताएको हो ।कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य प्रतिनिधि पठाएर अभियान सञ्चालन गर्नेछ ।
कांग्रेसले सात वटै प्रदेश कार्यसमितिबाट पनि अभियानका लागि जिल्ला–जिल्लामा प्रतिनिधि पठाएको छ ।कार्यक्रम सकिएपछि घरदैलोलगायत अभियान गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जाने निर्णय गरेको थियो ।







