प्रमुख समाचार
Thursday, 18 Aug, 2022
राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक प्रतिनिधिसभामा टेबुल
काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले सन्देशसहित फिर्ता गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विधेयक प्रस्तुत गरेका हुन् ।सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत विधेयक निर्णयार्थ प्रस्तुत गर्दा छलफलका लागि स्वीकृत भएको छ ।
विधेयकमाथि प्रतिनिधिसभामा छलफल भइरहेको छ । राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकमाथि संसदीय समितिमा छलफल गर्न एमालेले माग गरेको छ ।
एमाले सांसद प्रदीप ज्ञवालीले संसद्मा छलफल गर्नुपर्ने विषय गठबन्धनका नेताहरुले अँध्यारो कोठामा बसेर निर्णय गरी संसद्लाई बन्धक बनाउन नहुने बताए ।







