प्रमुख समाचार Wednesday, 17 Aug, 2022
Prestige Media

सडक अतिक्रमणविरुद्ध सचेतना अभियान चलाउँदै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरको नगर प्रहरी बलले पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान थालेको छ । अभियानमा सडक अतिक्रमण गरेर व्यापार, व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई पैदल यात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटना विषय सम्झाएर अनधिकृत व्यापार नगर्न आग्रह गर्ने गरिएको छ ।औपचारिक रूपमा व्यापार गर्नेलाई सामान सडकमा ननिकाल्न, ठाउँ बढाउन थप संरचना नबनाउन, त्रिपाललगायत सामान छोप्ने वस्तु राखेर सुन्दरता नबिगार्न अनुरोध गर्ने गरिएको छ ।

‘अहिले हामीले बानेश्वर र बालाजु, माछापोखरी क्षेत्रमा यस प्रकारको अभियान थालेका छौं’, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटा भन्छन्, ‘अव्यवस्थित व्यापारले सहरी सुन्दरता बिगार्छ। यस प्रकारको व्यवसाय सरकारसँग जिम्मेवार देखिँदैन। त्यसैले अनौपचारिक व्यापारलाई औपचारिक बनाउनुस्। महानगरलाई सहयोग गर्नोस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको हो ।’
अभियानमा नगर प्रहरीसँगै दैनिक ३० देखि ५० जनासम्म स्वयंसेवक परिचालन गर्ने गरिएको छ ।

अभियानले बानेश्वर क्षेत्रमा पारेको प्रभावबारे जानकारी दिँदै नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराई भन्छन्, ‘फुटपाथमा गरिने व्यापार सामाजिक समस्या भएकाले समाधानका लागि थालिएको सामूहिक प्रयासबाट अनधिकृत व्यापारमा कमी आएको छ । हामी पार्किङ प्रयोजनका लागि निर्माण गरिएका तर अन्य प्रयोगमा ल्याइएका ठाउँ पहिचान गर्दै छौं । यसबाट पार्किङ समस्या समाधान हुनेछ ।’
नयाँ बानेश्वर चोकदेखि शंखमूल, पुरानो बानेश्वर, मीनभवनसम्मको क्षेत्रलाई अनौपचारिक व्यापार निषेधित क्षेत्र बनाइएको नगर प्रहरी निरीक्षक भट्टराईको भनाइ छ ।

अभियानमा नेपाल प्रहरी ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, घरधनी, स्थानीय व्यापारी, व्यवसायी संघ, स्कुले विद्यार्थी, स्थानीय संघ– संस्था, क्लब, आमा समूह, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक अभियन्तालगायतलाई सहभागी गराइएको छ ।
‘भित्री सहरी क्षेत्रका असन, इन्द्रचोक, महाबौद्धलगायत क्षेत्रका सडकमा भएको अवरोध हटाउन जनप्रतिनिधिको साथमा अभियान चलाइरहेका छौं,’ नगर प्रहरी नायब निरीक्षक लोकनाथ चुडाल भन्छन्, ‘सडक अवरोध हटाउन स्थानीय टोल सुधार समिति, उपभोक्ता समितिबाट पनि अनुरोध आउने गरेको छ । यसरी आउने मागलाई उहाँहरूसँगै समन्वय गरेर व्यापारीलाई सम्झाउने, माइकिङ गरेर अनौपचारिक व्यापारलाई निरुत्साहन गर्ने, औपचारिक व्यापारीले गरेका त्रुटि सच्याउन अनुरोध गरिरहेका छौं ।’

उनका अनुसार तरकारी बिक्री गर्ने स्थलका रूपमा प्रयोग हुँदै आएका ठाउँलाई बिहान ८ बजेसम्म मात्र राख्न दिने गरिएको छ ।
अभियानमा बल प्रयोग गरिँदैन। समुदायको सहभागितामा सचेतना कार्यक्रमसँगै सडकपेटी अतिक्रमण नियन्त्रण, सहरी व्यवस्थासम्बन्धी काम, सरसफाइ, ट्राफिक नियन्त्रणजस्ता कामलाई सँगसँगै लगिनेछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL