मनोरञ्जन
Thursday, 16 Jun, 2022
फिल्म ‘पानीफोटो’को आधिकारिक टिजर रिलिज
खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’को आधिकारिक टिजर रिलिज भएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत बिहीबार टिजर सार्वजनिक गरिएको हो ।
१ मिनेट ३० सेकेन्ड लामो मर्मस्पर्शी टिजरमा फिल्मका मुख्य कलाकार खगेन्द्रसहित अनुप बराल, मेनुका प्रधान, मलिका महत अटाएका छन् ।
मञ्जुश्री फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्म साउन १३ गतेदेखि प्रदर्शनमा आउनेछ ।







