प्रमुख समाचार
Monday, 6 Jun, 2022
काठमाडौं-१६ मा वडाध्यक्षको सक्रियतामा उठाउन थालियो फोहोर
काठमाडौं महानगरपालिका-१६ का वडा अध्यक्षले आफ्नो वडाको फोहोर आफैं उठाउन थालेका छन्। झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि वडाध्यक्ष मुकुन्द रिजालको सक्रियतामा फोहोर उठाउन थालिएको वडाध्यक्षका सहयोगी किरण भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार सोमबार बिहानै वडाध्यक्षसहितका जनप्रतिनिधिले स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग फोहोर व्यवस्थापन बारे छलफल गरी सहमति जुटाएका छन् ।







