Breaking News
Thursday, 26 May, 2022
स्थानीय तहको निर्वाचनमा धेरैको भोट गठबन्धनका कार्यकर्ताले हाले : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जस्तो राज्यसंयन्त्रको दुरुपयोग गरेर कब्जा गर्ने क्रियाकलाप पञ्चालयले पनि नगरेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले निर्वाचन स्वच्छ र धाँधलीरहीत हुन नसकेको बताए ।सम्भव भएसम्म सबै षड्यन्त्र, राज्यसंयन्त्रको हस्तक्षेप, त्रासदीपूर्ण वातावरणका बीच गठबन्धनले खटाएको उम्मेदवारलाई सरकारी उम्मेदवार जस्तो बनाएर भोट दिन आम जनतालाई बाध्य पार्ने काम भएको उनले बताए ।
धेरै मतदाताको मत गठबन्धनका कार्यकर्ताले खसाएको भन्दै उनले भने, ‘न आफूले भनेको उम्मेदवारलाई मतदान गर्न पाइयो, न स्वच्छ ढंगले मतदान स्थलमा जान पाइयो ।’







