Breaking News
Wednesday, 18 May, 2022
सप्तरीको हनुमाननगर कंकालिनीमा सिके राउतको पार्टी विजयी
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सिके राउतको जनमत पार्टीले जितेको छ । यहाँ मेयर पदमा जनमतका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् ।
माझी ६ हजार ४०७ मत ल्याएर विजयी बन्दा जसपाका शैलेश साह पराजित बनेका हुन् । साहले ६ हजार २४६ मत प्राप्त गरे । हनुमानगर कंकालिनीको जितसँगै जनमत पार्टीले जितको पहिलो खाता खोलेको हो ।







