Exclusive News
Tuesday, 17 May, 2022
हुम्लाको सिमकोटमा माओवादी केन्द्रका विजय भण्डारी निर्वाचित
हुम्लाको सिमकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विजय भण्डारी अध्यक्षमा निर्वाचित भएका छन्।अन्तिम मत परिणामअनुसार भण्डारीले २ हजार ८८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्।अध्यक्षमा एमालेबाट उम्मेदवार महेन्द्रबहादुर शाहीले १ हजार ९६९ मत ल्याएका छन्।उपाध्यक्षमा नेपाली कांग्रेसका सुशिला भाम रोकाया निर्वाचित भएकी छन्। उनले २ हजार ४६४ मत ल्याएकी छन् भने निकटतम् प्रतिद्वन्द्वी एमालेकी प्रतिमा लामाले १ हजार ४५६ मत ल्याएकी छन्।सिमकोट गाउँपालिकामा माओवादी र कांग्रेसबीच गठबन्धन गरिएको थियो।








