गठबन्धनलाई बाबुरामको चेतावनी : जसपालाई निषेध गर्ने हर्कत स्वीकार्य छैन
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने बताएका छन् । स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि विभिन्न जिल्लामा बनेका संयन्त्रमा जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत स्वीकार्य नहुने उनले चेतावनी दिएका हुन् ।
आइतबार नुवाकोटमा बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मात्र सहभागितामाथि भट्टराईले सोमबार ट्वीटमार्फत असन्तुष्टि जनाएका हुन् ।
यसरी बैठक बस्नु जसपालाई उपेक्षा, अपमान र निषेध गर्न खोजेको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले टिप्पणी गरेका छन्। उनले यस्तो ‘हर्कत स्वीकार्य नहुने’ बताएका छन्।‘जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा, अपमान र निषेध गर्ने हर्कत जो कसैले गरे पनि त्यो स्वीकार्य हुन्न,’ आइतबार राति ट्वीट गर्दै भट्टराईले भनेका छन्।
पाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच चुनावी गठबन्धनलाई कायमै राख्ने औपचारिक निर्णय भएको थियो।









