मनोरञ्जन
Thursday, 25 Mar, 2021
‘लप्पन छप्पन २’को रिलिज मिति पोष्टपोन्ड;आखिर किन?पुरा पढ्नुहोस्
चलचित्र ‘लप्पन छप्पन २’को प्रदर्शन मिति अनिश्चितकालका लागि पोष्टपोन्ड गरिएको छ ।चैत्र २७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘लप्पन छप्पन २’को निर्माण टिमले कोरोनाको लहर बढेको र स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न अनुरोध गरिसकेका कारणले चलचित्र पोष्टपोन्ड गरिएको बताएका छन् ।

गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेसन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा निर्माण गरिएको चलचित्र शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ ।







