Breaking News
Monday, 22 Mar, 2021
माधव नेपालसहित चार नेतालाई एमालेको स्पष्टीकरण पत्र
वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई एमालेले स्पष्टीकरण सोधेको छ। केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।







