मनोरञ्जन
Friday, 19 Mar, 2021
चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ आजबाट प्रशारण हुँदै
चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ प्रशारण हुने भएको छ ।हिमालय टेलिभिजनमा आज बेलुकी ८ बजेबाट यो शो प्रशारण हुन लागेको हो । शो प्रशारण हुनु अगाडि बिहिबार बेलुकी काठमाण्डौमा यसको प्रिमियर समेत आयोजना गरिएको थियो ।
आजबाट शोमा ब्लाइन्ड अडिसन प्रशारण हुनेछ । ‘दि भ्वाइस अफ नेपाल’को सबैभन्दा रोमाञ्चक राउन्डको रुपमा ‘ब्लाइन्ड अडिसन’लाई लिइन्छ ।यो बर्ष दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र तृष्णा गुरुङ शोको कोचको रुपमा छन् ।







