Breaking News
Friday, 19 Mar, 2021
महान्यायाधिवक्ता खरेलले दिए राजीनामा;नयाँ महान्यायाधिवक्तामा रमेश बडाल
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै खरेलले प्रधानमन्त्री केपी शर्माओलीसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताउँदै सल्लाहमै राजीनामा दिएको बताए ।
त्यस्तैगरी नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो ।आजै अग्नि खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् ।







