Breaking News
Friday, 19 Mar, 2021
दक्षिणकालीको खहरेमा भेटियो दुई पुरुषको शव
६ चैत, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ ।प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो ।
यसबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेत नेतृत्वको टोली त्यसतर्फ गएको छ ।







