Breaking News
Thursday, 18 Mar, 2021
एमाले संसदीय बोर्ड गठन, झलनाथ र माधवसमेत मनोनित
एमाले संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ । बैठकले २४ सदस्यीय बोर्ड गठनको निर्णय गरेको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको दलको बैठकले सदस्यीय संसदीय बोर्ड गठन गरेको हो।
बोर्डमा झलनाथ खनाल र माधव नेपालसहितलाई समेटेको छ।दलका नेता केपी शर्मा ओली अध्यक्ष रहने बोर्ड सदस्यहरुमा नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, बिमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा छन् ।
बैठकले पार्टीमा गुटगत भेला गरे कार्वाही गर्ने र आत्मालोचना गरेर बैठकमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको छ ।







