मनोरञ्जन
Tuesday, 16 Mar, 2021
वर्षाको ‘ए साथी सुन…’को छायाँकन सुरु
चलचित्र ‘ए साथी सुन…’ को छायांकन हेटौंडाबाट सुरु भएको छ ।मुख्य अभिनेत्री वर्षा सिवाकोटीले हेटौंडामा आजदेखि उक्त चलचित्रको छायांकन प्रारम्भ भएको फेसबुकमार्फत जानकारी गराएकी छिन् ।

राघव आचार्यको निर्देशनमा तयार हुन लागेको चलचित्रमा वर्षाले रमेश बाँनियासँग रोमान्स गर्नेछिन् ।सस्पेन्स थ्रिलर कथामा चलचित्र निर्माण हुने निर्माणपक्षले बताएको छ ।

इभान इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बीना कार्कीले निर्माण गर्ने चलचित्रमा जयनन्द लामा, सुशील पोख्रेल, रमेश अधिकारी, प्रतीक्षा शाह चन्द, सुभाष शाह आदि कलाकारले पनि अभिनय गरिरहेक छन् ।







