नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरु
प्रस्तावित नेपाल सहकारी बैंक सञ्चालनका लागि तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीसहितको २५ सदस्यीय टोली र अन्य सहकारीकर्मीले सहकारी विभागमा फाइल पेस गरेका छन् ।
प्रस्तावित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पूर्ण कागजातसहित प्रक्रिया पूरा गरी बैक दर्ता गर्न ५ सय ६९ फाइल विभागका रजिस्ट्रार टोकराज पाण्डेलाई हस्तान्तरण गरे ।
कार्यक्रममा रजिस्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रिया अघि बढाउने जानकारी दिए । बैंक स्थापना गर्न ३ अर्ब पुँजी आवश्यक पर्नेमा ८ अब पुँजी जुटिसकेको प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए ।
बैंक दर्ताका लागि सहकारी महासंघले सहमति दिनुपर्नेछ भने ऐनअनुसार बंैकको स्वीकृति नेपाल राष्ट्र बैंकले दिनेछ ।
देशभरका करिब १ हजार सहकारी संस्था रहेको बैंक दर्तासंगै राष्ट्रिय सहकारी बैकको एकाधिकार तोडिनेछ । विभागले स्वीकृत दिएलगत्तै राष्ट्र बैंकले सहकारी क्षेत्र समेट्नेगरी दोस्रो सहकारी बैक स्थापना हुनेछ ।







