Exclusive News Wednesday, 6 Jan, 2021
Prestige Media

न्यायाधीश कार्कीमाथि ओली समर्थक भएको लान्छना, संसद् विघटनसम्बन्धी मुद्दा हेर्ने संवैधानिक बेञ्चमा नबस्ने घोषणा

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाइ गरिरहेको संवैधानिक बेञ्चमा नबस्ने घोषणा गरेका छन् ।
बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि उनी बेञ्चमा नबस्ने भएका हुन् ।
बुधबारको सुनुवाइमा वकिलहरूले न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानमन्त्री केपी ओलीविरुद्धको मुद्दा हेर्न नमिल्ने बताएका थिए । वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले न्यायाधीश कार्कीको इमानमा प्रश्न नगरे पनि उनी यसअघि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भइसकेकाले इजलासमा प्रश्न उठेको बताएका थिए ।
वकिलहरूले इजलासमा बस्ने÷बस्ने निर्णय न्यायाधीश कार्कीले नै गर्नुपर्ने बताएका थिए । न्यायाधीश कार्कीले बुधबारदेखि आफू यो मुद्दाको इजलासमा नबस्ने निर्णय गरेका छन् ।
१० पुसको संवैधानिक इजलासमा कार्की समावेश भएपछि वकिलहरूले आपत्ति जनाएका थिए ।

प्रतिनिधिसभा विघटनको अर्को सुनुवाइ आउने बुधबार

प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामाथिको अर्को सुनुवाइ आउँदो बुधबार हुने भएको छ । २२ पुसको संवैधानिक इजलासले अर्को सुनुवाइ २९ पुसमा गर्ने निर्णय गरेको हो ।
आजको सुनुवाइमा वकिलहरूले मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका थिए । संवैधानिक इजलासले भन्दा पनि बृहत् पूर्ण इजलासले यो विषयमा राम्ररी निर्णय गर्न सक्ने भएकाले बृहत् पूर्ण इजलासमा पठाउन उपयुक्त हुने उनीहरूको धारणा थियो ।
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले यी मुद्दाहरू बृहत् पूर्ण इजलासमा पठाउन बुधबार पूरक निवेदनसमेत पेस गरेका थिए ।
आउने बुधबार संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुनेछ । सोही दिनको इजलासले नै बृहत् पूर्ण इजलासमा मुद्दा पठाउने कि आफैं सुनुवाइ गर्ने भन्नेबारे निर्णय गर्नेछ ।
२२ पुसको सुनुवाइमा प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको लिखित जवाफ सुनाइएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL