Exclusive News
Monday, 4 Jan, 2021
नेकपामा चिरा : प्रचण्ड–माधव समूहद्वारा गुरुङ र पोखरेल इन्चार्जबाट हटाइए
नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रदेश इन्चार्जको जिम्मेवारीबाट पुथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहको पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो ।
गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकिएका छन् ।
प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरूलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ ।
सोमबारको स्थायी कमिटी बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए । बैठकले नेताहरूको जिम्मेवारी टुंग्याउन नेता नेपालको संयोजकत्वमा कार्यदल पनि बनाएको छ ।







