प्याज निर्यातको प्रतिबन्ध हट्यो
भारतले गत भदौदेखि प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतको आन्तरिक बजारमै प्याज अभाव हुन गएकाले आफ्नो देशमा मूल्यवृद्धि हुन नदिन करिब साढेीितन महिनाअघि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
सोमबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले विज्ञप्ति जारी गर्दै आउँदो शुक्रबारदेखि निर्यात खुलाइने जानकारी दिएको हो । भन्सार विभागका महानिर्देशक सुमन दहालले यतिबेला भारतमा प्याजको उत्पादन बढेकाले निर्यात खुलाएको हुन सक्ने जानकारी दिए । भारतले लगाएको प्रतिबन्ध हटेसँगै नेपालमा प्याजको मूल्य कम हुनेछ ।
भारतले निर्यातमा प्रतिबन्ध लगाएको भोलिपल्टदेखि नै नेपाली बजारमा प्याजको मूल्य बढेर दोब्बर पुगेको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार गत भदौमाथोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजको मूल्य भारतले प्रतिबन्ध लगाएको २ दिनमै बढेर १ सय रुपैयाँ प्रतिकिलो पुगेको थियो ।







