Breaking News Tuesday, 15 Dec, 2020
Prestige Media

ओली अधिनायकवादको यात्रा सुरु

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई हाकाहाकी चुनौती दिएपछि नेपालमा अधिनायकवादी शासन व्यवस्था सुरु हुन लागेको संकेत देखिएको छ ।
संवैधानिक परिषद्मा प्रतिपक्षी दलको नेता, सभामुखसहितका पदाधिकारीको उपस्थिति अनिवार्य भए पनि प्रधानमन्त्री ओलीले आपूmसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषद्को बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएपछि सर्वत्र आलोचना भएको छ ।
संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषद्को बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो ।
राष्ट्रपतिबाट मंगलबार जारी अध्यादेशमा भनिएको छ, ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भए परिषद् बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।’
प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहने व्यवस्था थियो । हाल उपसभामुख पद रिक्त छ ।
अब परिषद्मा अध्यक्षसहित ३ जना सदस्य उपस्थित भए बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
साविकको व्यवस्थाअनुसार अध्यक्ष र कम्तीमा ४ जना सदस्य उपस्थित भए मात्र बैठकको लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो । यो व्यवस्थाअनुसार हाल परिषद् बैठक बस्नका लागि सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता सबै उपस्थित हुनैपथ्र्यो ।
२८ मंसिरमा बोलाएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएका थिएनन् । मंगलबार बिहान बोलाएको बैठकमा देउवा गए तर सभामुख अनुपस्थित भए ।
संवैधानिक परिषद्को बैठक बस्न नसकेको एकाध घन्टामै राष्ट्रपति कार्यालयबाट परिषदमा बहाल सदस्यको बहुमत उपस्थित भए बैठक बस्न सहज हुने गरी अध्यादेश आएको छ ।
अध्यादेशले परिषद्को निर्णयसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । अब परिषद्ले अध्यक्षसहित तत्काल बहाल रहेको सदस्यको बहुमत अर्थात् प्रधानमन्त्रीसहित ३ जना सहमत भए निर्णय गर्न सक्नेछ ।
यसअघि परिषद्सम्बन्धी ऐनमा पेस भएका प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनुपर्ने व्यवस्था थियो ।
सर्वसम्मति कायम हुन नसकेमा सो विषयमा निर्णय गर्न अध्यक्षले पुनः अर्को बैठक बोलाउनुपर्ने व्यवस्था थियो । दोस्रो बैठकबाट पनि निर्णय हुन नसके बहुमतीय प्रक्रियाबाट निर्णय गर्न सक्ने प्रावधान थियो ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले गरे अध्यादेश खारेजी माग

ओलीको बलमिच्याइँमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएलगत्तै नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् ।
बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् । तर, सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएको भन्दै विरोध गरेका छन् ।
‘सबै पार्टीले संसद्को अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो,’ प्रचण्डले भने, ‘यो बदनियतपूर्ण भएकाले तुरुन्त खारेज हुनुपर्छ ।’


माधव नेपालको पनि उही बोली
नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।
पार्टीको बैठकलाई छलेर प्रधानमन्त्री ओलीले चालेको कदम गलत भएको नेता नेपालले बताए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेशबारे नेता नेपालले जुन तरिकाबाट यो अध्यादेश ल्याइएको छ, भोलि बैठक छ, त्यसलाई छलेर कुनै सरसल्लाह नगरीकन प्रधानमन्त्री चल्न खोजेको देखिएको बताए ।
प्रधानमन्त्री ओलीले पार्टीलाई पनि विश्वासमा नलिएको र प्रतिपक्षको पनि विश्वास गुमाएको वरिष्ठ नेता नेपालले दाबी गरे ।
प्रधानमन्त्रीले चालेको कमदबारे बुधबार बस्ने स्थायी कमिटीको बैठकमा जोडदार कुरा उठ्ने नेता नेपालले बताए । उनले त्यसैगरी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले पनि प्रधानमन्त्रीको कदमको विरोध गरेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL