मनोरञ्जन
Tuesday, 15 Dec, 2020
सरकारले गर्यो ९ महिनापछि फिल्म छायांकन फुकुवा
सरकारले ९ महिनापछि फिल्म छायांकन फुकुवा गरेको छ। सोमबार फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारीसँगको भेटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले यसै साता पत्रकार सम्मेलनबाट छायांकन खुल्ला गर्ने बताएका हुन्।

संघका अध्यक्ष अधिकारीले दुई मन्त्रीसँगको भेटका तस्विर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै छायांकन स्थल खुल्ला गरिन लागेको बारे जानकारी गराएका हुन्। फिल्म हल भने सरोकारवाला संघ–संस्थासँग छलफल गरेर मात्र खोल्ने जानकारी प्राप्त भएको बताए। फिल्मकर्मीले माग राख्दै आएको फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गर्ने कुरामा पनि सहमती भएको कुरा अधिकारीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।








