Breaking News Saturday, 12 Dec, 2020
Prestige Media

विदेशका पेन्सनधारीलाई पनि सामाजिक सुरक्षा भत्ता

विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेशमार्फत विदेशबाट पेन्सन पाउनेहरूका लागि यस्तो व्यवस्था गरिएको हो ।
अध्यादेशमार्फत ऐनको दफा १५ को (ग) मा रहेको ‘अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा एवं अन्य सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था खारेज गरिएको हो ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा पाइरहेकाहरूले भने सामाजिक सुरक्षा भत्ता पाउने छैनन् । त्यस्तै, कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनीत भई बहाल रहेका व्यक्तिका लािग पनि यस्तो भत्ताको व्यवस्था गरिएको छैन ।
ऐनको यही दफामा टेकेर गत १७ असारमा गृहमन्त्री रामबहादुर थापाले विदेशी सरकारबाट नियमित रुपले निवृत्तिभरण प्राप्त गरिरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता बन्द गर्ने निर्णय गरेका थिए । गृहको यो परिपत्रपछि स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता दिन बन्द गरेका थिए ।

गृह मन्त्रालयको निर्णयको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), राष्ट्रिय भूतपूर्व सैनिक संगठनलगायतले विरोध गर्दै आएका थिए । पूर्वसैनिकहरूले गोरखा भूतपूर्व सैनिक संघर्ष समिति गठन गरेर यो निर्णयको विरोध गर्दै आएका थिए ।
बेलायती तथा भारतीय सेना, सिंगापुर प्रहरीमा काम गरेर आवकाश पाएका भूतपूर्व सैनिकहरू अध्यादेशबाट ल्याइएको यो निर्णयबाट लाभान्वित हुने देखिन्छ । विदेशी सरकारबाट पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा प्राप्त गरिरहेकाहरूले सरकारले आफ्नो पक्षमा निर्णय गरेको बताएका छन् ।

अध्यादेशको दफा १५ संशोधन हुँदा करिब ५० हजारले लाभ पाउने सरकारको अनुमान छ । यो निर्णयले एक अर्ब ८० रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरणका लागि बाटो खोलेको छ ।
विदेशमा आफूहरूले गरेको सेवा र कर्मबापत नेपाल सरकारले ठूलो परिमाणमा रेमिट्यान्स पाइरहेको र सामाजिक भत्ता नपाउँदा आफूहरूलाई अनागरिक व्यवहार भएको पूर्वसैनिकहरूको गुनासो थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL