Exclusive News Saturday, 12 Dec, 2020
Prestige Media

देउवाले संवैधानिक परिषद् बैठक वहिष्कार गर्ने

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले आइतबार बोलाएको संवैधानिक परिषद्को बैठक वहिष्कार गर्ने भएका छन् ।
बैठकमा उपस्थित हुन नसक्ने बेहोराको सन्देश नेता रमेश लेखकमार्फत देउवाले शनिबार प्रधानमन्त्री ओलीलाई पठाएका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डाकेको परिषद् बैठकप्रति नै सन्देह उत्पन्न भएको भन्दै देउवाले अस्वीकार गरेका हुन् ।
कांग्रेसले २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्दै छ ।
त्यसको मुखमा ओलीले परिषद् बैठक बोलाएर लेनदेन गराई प्रदर्शनलाई प्रभावित पार्न खोजेको कांग्रेस नेताहरूको बुझाइ छ ।
‘संवैधानिक परिषदमा आफू जान नसक्ने कुरा उहाँले भनिसक्नुभएको छ,’ स्रोतले भन्यो ।
आइतबार नै नेकपाको पनि स्थायी कमिटी बैठक छ । उनले पार्टीको बैठक छल्नका लागि पनि संवैधानि परिषद् बैठक बोलाएको हुन सक्ने शंका कांग्रेसको छ ।
संवैधानिक परिषद्मा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त, आयुक्तलगायत संवैधानिक आयोगहरूमा पदाधिकारी रिक्त छ ।
लामो समय पदाधिकारीविहीन भएपछि ओलीले परिषद् बैठक बोलाउन देउवासँग शुक्रबार छलफल गरेका थिए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको देशव्यापी कार्यक्रमलाई लक्षित गरी परिषद् बैठक बोलाउने प्रधानमन्त्रीको नियत सफा नदेखिएको बताए ।
‘उहाँकै पार्टीको पनि बैठक छ, प्रतिपक्षी दलले देशव्यापी कार्यक्रमबारे आफ्नै प्रकारको योजना बनाएको बेला बैठक बोलाउने नियत सफा देखिँदैन,’ उनले भने, ‘त्यसकारण परिषद् बैठक स्थगनको सम्भावना रहे त्यसलाई उचित मान्नुपर्छ ।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL