Exclusive News Friday, 4 Dec, 2020
Prestige Media

झागिँदै नेकपा विवाद, ओली–प्रचण्ड पक्षको आ–आफ्नै डम्फु

सचिवालय बैठकमा पेस भएका राजनीतिक प्रस्तावमाथि छलफल चलाउने÷नचलाउने विषयलाई लिएर नेकपा विवाद झनै गहिरिँदै गएको छ ।

गत २८ कात्तिकको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेस गरेका थिए । १३ मंसिरको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए ।

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव अराजनीतिक र आधारहीन रहेको भन्दै त्यसलाई फिर्ता लिनुपर्ने अडान लिएका छन् ।

१६ मंसिरको सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रस्तावमाथि छलफलैै हुन नसक्ने अडान लिएका थिए । प्रधानमन्त्रीकै अडानका कारण बैठक विषयवस्तुमा प्रवेश नगरी सकिएको थियो ।

बुधबारको बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएनन् । मंगलबार नै प्रधानमन्त्री ओलीले आफू बैठकमा उपस्थित नहुने बताएका थिए ।

ओली नआएकै कारण २० मंसिरसम्मका लागि सचिवालय बैठक स्थगित भएको छ ।

महासचिव विष्णु पौडेलकै आग्रहमा प्रचण्डले बैठक सारेको बताइन्छ । तर, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री नआए पनि छलफल सुरु गर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले भने आफूनिकट नेताहरूसँग अहिलेको अवस्थामा बैठक गर्न नसकिने बताएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओली र प्रचण्डबीचको दूरी यति बढेको छ, दुईबीच २२ दिनदेखि भेट हुन सकेको छैन ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL