Exclusive News Saturday, 21 Nov, 2020
Prestige Media

दाङमा गर्जिए गौतम ‘बूढो भए पनि ३० वर्षे तन्नेरीसँग राजनीति गर्न सक्छु’

सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले अझै ३० वर्षका युवासँग राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा रहेको दाबी गरेका छन् । दाङको तुलसीपुरमा कार्यकर्ता भेट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले पार्टीमा लामो समय योगदान गरेकाले अझै पनि युवाहरूसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको बताए ।
‘म अझै ५–७ वर्ष बाँच्छु होला भन्ने लाग्छ,’ गौतमले भने, ‘३०–४० वर्षका जवानहरूसँग प्रतिस्पर्धा गर्न सक्छु । म महत्वाकांक्षी भएर यस्तो भएको हो कि ।’ सात वर्षदेखि राजनीतिमा लागेको र मुलुकका हरेक परिवर्तनमा आपूmले निर्णायक भूमिका निर्वाह गरेको उनले बताए ।
पछिल्लो समय पार्टीमा देखिएको समस्या समाधान गर्ने प्रयास भइरहेको गौतमले जानकारी दिए । इमानदार कार्यकर्ताले उत्पन्न समस्या समाधान गर्न र पार्टी विभाजन नगर्न खबरदारी गरिरहेको उपाध्यक्ष गौतमले सुनाए ।
प्रतिपक्षले पार्टी फुट्छ भन्ने गरेको बताउँदै उनले मिडियासमेत पार्टी विभाजनको प्रचारमा लागेको आरोप लगाए । ‘हाम्रो समस्या कुन डिग्रीको हो, तिनलाई मतलब छैन,’ गौतमले भने, ‘तर, उनीहरूले त्यो डिग्रीलाई ह्वात्तै बढाइदिँदा पार्टी आज हो कि भोलि फुट्ने भन्ने बनाइएको छ ।’
आफूहरू सँगै बसेर उत्पन्न समस्या समाधानको प्रयास गरिरहेको उनको भनाइ छ । गौतमले पार्टीभित्र समस्या रहेकामा द्विविधा नरहेको बताए । मर्दै नमर्ने व्यक्ति कोही नहुने र त्यो प्रकृतिको नियम भएजस्तै मिलेका पार्टी फुट्नु कुनै नौलो नहुने उनको तर्क छ ।

पार्टीमा दुवै अध्यक्षको हैसियत बराबर भए पनि वरिष्ठताको आधारमा पहिला केपी ओलीको नाम लेख्ने भन्ने सहमति भएको दाबी उनले गरे । पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयन नहुँदा किचलो देखिएको र जबसम्म नेताले आफूलाई ढाँटेर हिँड्छन,् तबसम्म समस्या समाधान हुन नसक्ने उनको भनाइ छ ।
विधानमा दुई अध्यक्षको सहमतिमा बैठक गर्ने भन्ने उल्लेख रहे पनि कहिले को सहमत नहुने र कहिले को सहमत नहुने परिस्थितिले बैठकसमेत बस्न नसकेको उनले औंल्याए ।
गौतमले नेकपाभित्रको विवादलाई कुखुरासँग तुलना गरे । ‘खोरमा पालेको हैन, छोडुवा कुखुराले जब कुनै पनि खानेकुरा फेला पार्छ, यति हल्ला मच्याउँछ कि सारा कुखुरा त्यहीँ झुम्मिन पुग्छन्,’ गौतमले थपे, ‘अहिले भएको त्यही हो र हामी पनि हल्ला सुनेपछि झुम्मिएर झगडा गर्ने खुकुराजस्तै भएका छौं ।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL