Exclusive News Wednesday, 18 Nov, 2020
Prestige Media

सचिवालय बैठकमा गले ओली

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले थकित मुद्रामा देखिएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन ओलीले समय मागेका छन् ।
शुक्रबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्ड प्रतिवेदनको जवाफ दिन समय मागेपछि बैठक १० दिनका लागि स्थगित भएको हो ।
‘प्रचण्डको प्रस्ताव आधारहीन रूपमा ममाथि गम्भीर आरोपसहित आएको छ । त्यसको मैले तयारी गरेर जवाफ दिनुपर्छ । त्यसका लागि समय चाहियो,’ प्रधानमन्त्रीले भनेका छन् ।
कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । एकतर्फी रूपमा आएको प्रतिवेदनले पार्टी एकतालाई नै गम्भीर संकटमा पारेको भन्दै प्रधानमन्त्री पक्षधर नेताहरूले प्रतिवेदन फिर्ता लिनुपर्ने बताएका छन् ।
प्रचण्डको प्रतिवेदन फिर्ता नहुँदासम्म कुनै पनि बैठक गर्नुको औचित्य नभएको भन्दै प्रधानमन्त्री ओली बैठक सार्ने तयारीमा थिए ।
तर सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री नआए पनि बैठक राख्ने भनेपछि प्रधानमन्त्री बैठकका लागि तयार भएका हुन् ।
१० दिनपछि पुनः बस्ने
नेकपाको सचिवालय बैठक १० दिनपछि पुनः बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेकपा सचिवालय बैठकमा ओलीले आफूले पनि प्रस्ताव ल्याउने बताएका थिए ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले आगामी १३ मंसिरमा बस्ने बैठकमा आफ्नो प्रस्ताव पेस गर्ने तय भएको जानकारी दिए । सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुवै प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL