Exclusive News Sunday, 15 Nov, 2020
Prestige Media

बालुवाटारमा ओलीलाई वामदेव मन्त्रणा

नेकपाका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई पार्टीभित्र देखिएका समस्याको समाधान बैठकबाटै खोज्न सुझाएका छन् ।
आइतबार बिहान बालुवाटारमा अध्यक्ष ओलीसँगको भेटवार्तामा उपाध्यक्ष गौतमले प्रचण्ड वा माधव नेपाललाई गाली गरेर समस्याको समाधान नहुने दाबी गरे । बैठक बसेरै प्रस्तावबारे छलफल गर्दै अघि बढ्न सकिने अवस्था कायमै रहेको गौतमको भनाइ छ ।

अध्यक्ष ओलीले भलाकुसारी गर्न गौतमलाई बालुवाटार निम्त्याएका थिए । वामदेव प्रधानमन्त्री निवास पुग्दा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल पनि थिए । त्यस क्रममा अध्यक्ष प्रचण्डले गत शुक्रबार बसेको सचिवालय बैठकमा पेस भएको प्रस्तावबारे नेताहरूबीच कुराकानी भएको थियो ।
खासगरी ओलीले प्रचण्डले पेस गरेको प्रस्ताव फिर्ता नलिए समस्या बढ्दै जान सक्ने भन्दै त्यसबारे सहमति ल्याउन गौतमसँग आग्रह गरेका थिए ।
प्रचण्डले पेस गरेको प्रस्ताव फिर्ता लिनुपर्ने ओली पक्ष नेताहरूको भनाइ रहँदै आएको छ । उनीहरूले एकल रुपमा अध्यक्ष प्रचण्डले प्रस्ताव पेसै गर्न नमिल्ने जिकिर गरेपछि उपाध्यक्ष गौतमलगायतका नेताहरूले उक्त प्रस्ताव पाँचै जना नेताले छलफलमा ल्याएको बताएका छन् । प्रचण्डसहित पाँच नेतै प्रस्तावको पक्षमा उत्रिएपछि ओलीले अल्पमतमा परेको महसुस गर्दै आएका छन् । ओलीले शनिबार यसबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत छलफल गरे

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL