Exclusive News
Friday, 13 Nov, 2020
सूर्यबहादुर पुत्र बने कांग्रेस सह–महामन्त्री
नेपाली कांग्रेसले पञ्चनेता एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुरका छोरा सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाएको छ ।
शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको अर्का सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
साथै बैठकले थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।







