Exclusive News
Wednesday, 11 Nov, 2020
कांग्रेस केन्द्रीय समिति बैठक पुनः सारियो
नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक फेरि सरेको छ । बिहीबारका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि सारिएको हो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
शुक्रबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने उनले जानकारी दिए । कांग्रेसले १४ औं महाधिवेशनबारे छलफल गर्न केन्द्रीय समिति बैठक डाकेको हो । असोजदेखि बस्न लागेको केन्द्रीय समिति बैठक सुरुमा केही केन्द्रीय सदस्यलाई कोरोना देखिएपछि रोकिएको थियो ।
कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेका १६ बुँदे असहमतिबारे छलफल गरेर नेताहरूबीच सैद्धान्तिक सहमति भए पनि सहमतिका बुँदा सार्वजनिक भएका छैनन् । अब बस्ने केन्द्रीय समितिमा यसबारे छलफल हुने नेताहरूले बताएका छन् ।







