Exclusive News Monday, 9 Nov, 2020
Prestige Media

पार्टीभित्र रडाको नमच्याउन नेकपा अनुशासन आयोगको नेतालाई सुझाव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादलाई लिएर केन्द्रीय अनुशासन आयोगले रडाको नमच्याउन नेतृत्वलाई आग्रह गरेको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहोराले तत्काल पार्टी बैठक बोलाउन पार्टी अध्यक्षद्वयलाई आग्रह गरेका छन् ।
आयोग अध्यक्ष बोहोराले ‘पार्टीका जिम्मेवार नेतृत्वगणप्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा छन्’, बोहोराले भनेका छन्, ‘विगतमा हामीले पार्टी फुटको दुःख व्यहोरिसकेका छौं । अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ । त्यसैले कमरेडहरू जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं ।’
उनले पार्टी एकताका बाँकी सबै काम छिटो पूरा गर्दै प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउन आग्रह गरेका छन् ।
‘पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिस्ट आचरणमा विचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गरौं । संयम, धैर्य र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वगणप्रति विशेष अनुरोध गर्दछु’, बोहोराले भनेका छन् ।
उनले लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका महत्वपूर्ण रहिआएको भन्दै समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई कसैले इन्कार गर्न नमिल्ने स्मरण गराएका छन् ।
‘यस्तो महत्वपूर्ण भूमिका भएको पार्टीमा हिजोआज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने गालीगलौज, निन्दा भत्सर्ना, आरोप–प्रत्यारोप र पार्टी विभाजनजस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरू सार्वजनिक सञ्चार माध्यमबाट आउने गरेका छन् । यो हाम्रो लागि गम्भीर चिन्ताको विषय हो,’ बोहराले विज्ञप्तिमा भनेका छन् ।
आन्तरपार्टी विवाद सञ्चालनको माक्र्सवादी परम्परा रहेको भन्दै बोहोरोले विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवाद पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरण रहेकाले त्यतातिर नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
उनले विधि, पद्धति पार्टी सञ्चालनका प्राण भएको पनि बताएका छन् । ‘विधि र पद्धति पार्टीका प्राण हुन् । पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुरा हामीले बुझेकै छौं । तर, हामी किन पार्टी विधानअनुसार विधि पद्धतिको पालना गर्दैनौं ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन् ? अनि हामीहरू किन निःतान्त आत्मकेन्द्रित भएर सोच्दछौं’, बोहोराले भनेका छन्, ‘हामीले यो कुरा बुझ्नुपर्छ, माक्र्सवादीहरू हरेक कुरामा खुल्ला–खुलस्त हुन्छन् । भित्र एउटा कुरा र बाहिर अर्काे कुरा गर्दैनन् । जालझेल र षड्यन्त्रलाई मनैदेखि घृणा गर्छन् । पार्टी र जनताका काममा कुनै गल्ती कमजोरी भए इमान्दारितापूर्वक आत्मालोचना गर्छन् र सच्याएर अघि बढ्छन् । एउटा कम्युनिष्टले अबलम्वन गर्नुपर्ने कार्यशैली भनेको यही नै हो । तर, व्यवहारमा हाम्रो पार्टी यी काममा किन पछि परेको छ । सबैको मनमा प्रश्न उठिरहेको छ ।’
उनले पार्टीका निर्णयहरू आवश्यकताले कार्यान्वयनका लागि गरिने भन्दै पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरू आजसम्म कार्यान्वयन नभई निस्क्रिय बसेको बताएका छन् ।
‘पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद र ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी काम आजसम्म थाती रहेका छन् । यो दुःखद पक्ष हो । तीन महिना, एक महिना १५ दिन र १० दिनभित्र पूरा गर्ने भनेर भाखा राख्दै आएको पनि अहिले २९ महिना बितिसकेको छ’, बोहराले भनेका छन्, ‘तर विधानले एकैछिन असंगठित राख्न नमिल्ने महत्वपूर्ण कमरेडहरू वर्षाैंसम्म जिम्मेवारीविहीन हुँदा पार्टी नेतृत्वलाई किन घोच्दैन, किन पोल्दैन र यति महत्वपूर्ण विषयलाई प्राथमिकता किन राखिदैन ? यतिसम्म कि लामो रस्साकस्सी र विवादपछि समाधान हेतु कार्यदले प्रस्तावको रुपमा ल्याएको तथा २६ भदौ ०७७ को स्थायी कमिटी बैठकले कार्यान्वयनको निमित गरेको निर्णयसमेत आजपर्यन्त अल्पत्र छन् । निर्णय कार्यान्वयन गर्ने तत्परता कतै देखिएकै छैन । बरु त्यसलाई अनेकौ बहानामा पन्छाउने काम भइरहेको छ ।’
उनले पार्टी नेतृत्वको सोच सधै फराकिलो हुनुपर्ने भन्दै हृदयमा विशालता नभए त्यो कम्युनिष्ट हुनै नसक्ने दावी समेत गरेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL