Exclusive News Thursday, 5 Nov, 2020
Prestige Media

कचल्टिँदै कांग्रेस कलह

नेपाली कांग्रेसभित्रको विवाद सहमतिमा नपुगेपछि बिहीबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक सरेको छ ।
सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यसहितको अनौपचारिक बैठकलाई शुक्रबार पनि निरन्तरता दिने बताएका छन् ।
‘आजको बैठकमा नेताहरूले आफ्ना कुरा राख्नुभयो । भोलि फेरि बैठक बस्छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘भोलि बस्ने भनिएको केन्द्रीय समिति बैठक २४ कात्तिकसम्म स्थगित गरिएको छ ।’
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको छ । १४ औं महाधिवेशन सुनिश्चितता र विधानअनुसार पार्टी सञ्चालन हुनुपर्ने पौडेल पक्षको माग छ ।
सभापति देउवाले मनोनीत गरेका विभाग खारेज गर्नुपर्ने पनि पौडेल पक्षको अडान छ । पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले पार्टीलाई विधि विधानअनुसार सञ्चालन गर्नुपर्ने माग राखेर गत १२ असोजमा १६ बुँदे विरोधपत्र बुझाएका थिए ।
उक्त विरोधपत्र तथा १४ औं महाधिवेशनबारे छलफल गरी निर्णय गर्न सभापति देउवाले केही दिनदेखि पदाधिकारी र पूर्वपदाधिकारी बैठक गर्दै आएका छन् ।
पौडेल पक्षले विभागहरू खारेज गर्न गरेको मागलाई सभापति देउवा पक्षले भने अस्वीकार गर्दै आएको छ । विभाग गठन ढिला गरे पनि विधानविपरीत भने नहुने देउवा पक्षको अडान छ ।
अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूलाई सभापति देउवाले तोकादेशका भरमा क्रियाशील सदस्यता दिएको भन्दै पौडेल पक्षले विरोध गरेको छ ।
केन्द्रीय स्तरका नेतालाई क्रियाशील केन्द्रबाट दिए पनि पार्टीको तल्लो तहबाटै क्रियाशील सदस्यता दिइनु न्यायोचित हुने पौडेल पक्षको भनाइ छ ।
कांग्रेस महाधिवेशन ७ फागुनदेखि काठमाडौंमा गर्ने कार्यतालिका छ । तर, क्रियाशील सदस्यताका काम सकिएका छैनन् । सभापति देउवाको कार्यकाल आउँदो १९ फागुनसम्म छ ।
देउवाले अब संविधानको सहारा लिएर ६ महिना कार्यकाल थप्न सक्छन् । त्यो समयभित्र महाधिवेशन गरिसक्नुपर्नेछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL