Exclusive News
Tuesday, 3 Nov, 2020
कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको छ ।
प्रतिनिधिसभा सांसदसमेत रहेका पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि केन्द्रीय समिति बैठक बसेको हो ।
केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘आकस्मिक केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गर्छ,’ उनले भने, ‘अरू विषयमा छलफल हुँदैन ।’
कांग्रेसले मंगलबार दिउँसो १ बजेका लागि पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत राखेको थियो । केसीको निधनका कारण उक्त बैठक भने नबस्ने कांग्रेसले जनाएको छ ।
गए राती पोखरास्थित घरमा ६३ वर्षीय केसीको निधन भएको थियो ।







