Breaking News Monday, 19 Oct, 2020
Prestige Media

प्रधानमन्त्रीसहित मन्त्रीको दसैं दक्षिणा कोरोना कोषलाई

प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरूले दसैं भत्ताबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘मन्त्रिपरिषद्का सबै सदस्यहरूले दसैं भत्ताबापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको छ’, उनले भने, ‘संघीय मन्त्रिपरिषद्को निर्णयको मर्मअनुसार प्रदेश सरकारका मन्त्रीहरूलाई पनि कोषमा जम्मा गर्न आग्रह गर्ने निर्णय भएको छ ।’
सरकारले नेपालीको महान चाड भए पनि अहिलेको अवस्थालाई दृष्टिगत गर्दै सामान्य ढंगले दसैं मनाउन अनुरोध गरेको छ ।

कांग्रेसको ४३ लाख बढी दसैं भत्ता फिर्ता
नेपाली कांग्रेसका सबै संघीय सांसदले दसैं भत्ताबापत प्राप्त गरेको रकम फिर्ता गर्ने निर्णय गरेका छन् ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारणले उत्पन्न हालको विषम परिस्थितिमा नेपालीले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई दसैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकोले पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सबै संघीय संसदका सदस्यहरूलाई उपलब्ध गराइएको दसैं भत्ताबापतको फिर्ता गर्ने निर्णय गरेको जानकारी दिए ।
उक्त रकमबापत हुन आउने ४३ लाख २० हजार ८ सय १० रुपैयाँ जनताको उपचारका लागि संघीय संसद् सचिवालयमार्फत नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने निर्णय गरेको उनको विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाबाट देशभर दिनप्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्या बढी रहेको अवस्थामा परीक्षण र उपचारको दायरालाई बढाउँदै जानु पर्नेमा त्यसविपरीत सरकारले कोरोना भाइरसको परीक्षण र उपचार स्वयं नागरिक आफैंले गर्नुपर्ने तथा संक्रमितको होम आइसोलेसनमा मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्नुपर्नेजस्ता गैरजिम्मेवार तथा गलत निर्णय गरेको कांग्रेसको ठहर छ ।
कांग्रेसले सर्वोच्च अदालतको कोरोना भाइरस परीक्षण र सम्पूर्ण उपचार निःशुल्क गर्नू भन्ने आदेशलाई समेत सरकारले अवज्ञा गर्दै जनहितविपरीतको निर्णय गरेकोसमेत बताएको छ ।
कांग्रेस प्रमुख सचेतक खाँणले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘संविधान, कानुन तथा अदालतको आदेशसमेत सरकारले पालना नगरे कसले गर्ने ? कोरोना एक महामारी संक्रामक रोग भएको कारणले यसको परीक्षण र उपचारको दायित्व सरकारको हो । सरकारले हालै गरेको निर्णयले भोलिका दिनमा भयावह स्थिति सिर्जना हुने निश्चित छ । तसर्थ, नागरिकको जीवनमाथि नै खेलवाड हुने गरी गरिएको निर्णयलाई तत्काल सच्याउन जोडदार माग गर्दै जनताप्रति उत्तरदायी, संवेदनशील र गम्भीर बनी नागरिकको जीवन रक्षामा अग्रसर हुन सरकारको ध्यानाकर्षण गराउँछौं ।’

नेकपामा पनि कांग्रेसको सिको
चौतर्फी आलोचनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का सबै सांसदले दसैं भत्ताबापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्रीले राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको जानकारी दिए ।
नेम्वाङले सबैसँग सल्लाह गरेर संसदीय दलको नेता तथा प्रधानमन्त्री शर्मा ओलीले कोरोनाका बेलामा पार्टी नेता तथा सबै सांसदहरूले सादा ढंगले दसैं मनाउने र सबैलाई त्यही आग्रह गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
‘कोरोनाविरुद्धको लडाइँ हाम्रो पहिलो प्राथमिकता हो । यो सन्दर्भमा हामीले पाउने दसैं खर्चबापतको भत्ता सरकारको कोरोनाको कोषमा जम्मा गर्ने निर्णय गरेका छौं’, नेता नेम्वाङको भनाइ छ ।
कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैं खर्च लिएको समाचार आएपछि सांसदहरूको चौतर्फी आलोचना भएको थियो । यस्तो आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारे पार्टी नेतृत्वसँग छलफल गरेपछि यस्तो निर्णय गरेको हो ।
नेकपाका प्रतिनिधिसभामा १ सय ७४ र राष्ट्रिय सभामा ४६ गरी संघीय संसद्मा नेकपाका २ सय २० सांसद छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL