Exclusive News Monday, 12 Oct, 2020
Prestige Media

कोरोना संक्रमण भएकाले लोकसेवाको परीक्षा दिन नपाउने !

लोकसेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ल्याएको छ । उक्त मापदण्डमा परीक्षार्थीमा कोरोना संक्रमण भएको भए परीक्षा केन्द्र प्रवेश गर्न नहुने उल्लेख छ ।
‘परीक्षार्थी कोरोना संक्रमण भए वा नभएको स्वयंले घोषणा गर्नुपर्नेछ । संक्रमित परीक्षार्थीले केन्द्रमा प्रवेश गर्न हुने छैन,’ मापदण्डको ८ नम्बर विविधअन्तर्गत यस्तो व्यवस्था उल्लेख गरिएको छ ।
कोरोनाबाट सिर्जना हुन सक्ने स्वास्थ्य जोखिमलाई दृष्टिगत गरी आयोगबाट सञ्चालन हुने प्रतियोगितात्मक परीक्षालाई प्रभावकारी र व्यवस्थित सञ्चालन गर्न आयोगले यस्तो मापदण्ड बनाएको उल्लेख गरेको छ । सरकारले कोरोना महामारीकै बेला आयोगलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएपछि यस्तो मापदण्ड बनाइएको हो ।
आयोगले असोजदेखि नै सहसचिव, उपसचिव र कात्तिकमा शाखा अधिकृतलगायतको विज्ञापन गर्ने तयारीसहित यो मापदण्ड ल्याएको हो । पहिलो चरणको परीक्षा सकिए पनि आयोगले कोरोना महामारीका कारण दोस्रो चरणका परीक्षा पनि स्थगित गर्दै आएको थियो । अब ती परीक्षा पनि सञ्चालनको तयारीमा आयोग छ ।
स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने आयोगले जनाएको छ ।
१ परीक्षा केन्द्रमा १ सय परीक्षार्थी राख्ने र एउटा कक्षामा बढीमा २५ जना परीक्षार्थी राख्ने गरी व्यवस्थापन मिलाइने आयोगको भनाइ छ ।
‘१ बेन्चमा १ जना परीक्षार्थी राख्ने र २ परीक्षार्थी बीचको दूरी २ मिटर हुने गरी व्यवस्थापन मिलाउने,’ आयोगको मापदण्डमा भनिएको छ ।
परीक्षार्थी, केन्द्राध्यक्षलगायत सबैले मास्क अनिवार्य रूपमा लगाउनुपर्नेछ । परीक्षा केन्द्रमा २० थान मास्क र ५०० एमएल सेनिटाइजर र साबुनको व्यवस्था पनि आयोगले गर्दैछ ।
नक्कली परीक्षार्थी प्रवेश नहोस् भन्नका लागि आयोगले उम्मेदवारको दूरी कायम गरी मास्कसमेत खोल्न लगाई पहिचान गरिने जनाएको छ ।
‘उम्मेदवारसँगको दूरी कायम गरी मास्कसमेत खोल्न लगाई उम्मेदवारको पहिचान यकिन गरी उत्तरपुस्तिकामा सहायक केन्द्राध्यक्षले दस्तखत गर्ने,’ मापदण्डमा भनिएको छ ।
परीक्षार्थी परीक्षा सुरु हुनु एक घन्टाअघि नै केन्द्रमा पुगिसक्नुपर्नेछ । मास्क, सेनिटाइजर र खानेपानी परीक्षार्थी आफैंले लैजानुपर्नेछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL