Breaking News Sunday, 11 Oct, 2020
Prestige Media

नेकपा कर्णालीमा हलचल, मुख्यमन्त्री शाहीविरुद्ध आप्नै पार्टीका सांसदको अविश्वास प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत रहेको कर्णाली प्रदेश सरकारविरुद्ध सत्तापक्षकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ जना सांसदले आइतबार नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलाबगञ्ज शाहलाई अविश्वास प्रस्ताव बुझाएका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३, कांग्रेसका ६ जना र राप्रपा नेपालका १ सांसद छन् । अविश्वासको प्रस्ताव दर्ता गराउनेहरूमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्ती मगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह, धर्मराज रेग्मीलगायत छन् ।
मुख्यमन्त्री शाहीबाट हुँदै आएका काम प्रभावकारी नभएको उनीहरूले आरोप लगाएका छन् । संसदीय दलको विधान २०७५ को नियम २ (१) बमोजिम उनीहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
सोही नियम २४ को (१,२,३,४) बमोजिम यथासक्य बैठक बोलाएर मार्गप्रशस्त गर्न र प्रस्तावलाई नियम बमोजिम निर्णय गर्न÷गराउन उनीहरूले आग्रह गरेका छन् ।
प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टि राख्दै आएका सत्ता पक्षकै सांसदहरूले लामो समयदेखि मुख्यमन्त्री परिवर्तनको विषय उठाउँदै आएका थिए । मुख्यमन्त्री शाहीको कार्यशैलीलाई लिएर नेकपाभित्र पटक–पटक विवाद हँुदै आएको छ ।
प्रमुख सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ सांसद छन् ।
तत्कालीन नेकपा एमालेको बहुमत रहेको कर्णाली प्रदेशमा दुई पार्टीको एकीकरणपछि मुख्यमन्त्री तत्कालीन माओवादीको भागमा परेको थियो । यसैबीच मुख्यमन्त्री शाहीविरुद्ध सत्तारुढ पार्टीकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रमा शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।
अध्यक्ष प्रचण्डको आग्रहमा मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूबीच सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा छलफल हुने भएको छ ।
शीर्ष नेताहरूको भोलिको छलफलले मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे निर्णय लिन सक्ने बुझिएको छ । नेकपा संसदीय दलका नेतासमेत रहेका शाहीविरुद्ध आइतबार आप्mनै १८ जना सांसदले अविश्वासको प्रस्ताव प्रदेशसभा संसदीय दलमा दर्ता पार्टीभित्र हलचल मच्चिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL