Exclusive News Thursday, 8 Oct, 2020
Prestige Media

कृषक सूचीकरण गर्ने कृषि मन्त्रालयको तयारी

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको सूचीकरण गर्ने भएको छ । सूचीकरणका लागि कृषक सर्वेक्षण गर्न मन्त्रालयले प्रत्येक स्थानीय तहमा ३ लाख रुपैयाँका दरले बजेट पठाइसकेको छ ।
किसानका वास्तविक समस्या पहिचान गरी मन्त्रालयले दिने अनुदान तथा सेवा–सुविधा प्रदान गर्न सहज हुने भएकाले यस्तो सूचीकरण गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए ।
‘यसका लागि मन्त्रालयले अहिले सफ्टवेयर निर्माण र किसान सूचीकरण निर्देशिका तयार गरिरहेको छ,’ उनले भने ।
निर्देशिका र सफ्टवेयर तयार भइसकेपछि उक्त सफ्टवेयरमार्फत हरेक किसानको डिजिटल प्रोफाइल तयार गरिनेछ । यसरी तयार गरिने प्रोफाइलमा किसानको जग्गाको विवरण, सरकारबाट कृषिका लागि अनुदान पाएको÷नपाएको, बैंकबाट ऋण लिए÷नलिएको आदि उल्लेख हुनेछन् ।
यसले गर्दा उनीहरूको प्रोफाइलका आधारमा ऋण, अनुदान तथा उपलब्ध गराउने सहुलियत दिन सरकारलाई सजिलो हुनेछ भने किसानलाई लाभ मिल्ने विश्वास मन्त्रालयको छ ।
साथै, स्थानीय तहका पालिका तथा वडा कार्यालयहरूमा दर्ता हुने किसानलाई सोही तहमार्फत कृषक प्रमाणपत्रसमेत दिने योजना मन्त्रालयको छ ।
खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन, ०७५ मा टेकेर कृषक सूचीकरण गर्न लागिएको कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिए ।
उनका अनुसार सानाठूला सबैखाले किसानको सूचीकरण गरिने र खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली बनेपछि मात्र वर्गीकरण गरी सोहीअनुरुपको ऋण तथा अनुदान लिन पाउने व्यवस्था गरिनेछ ।
कृषक सूचीकरणका लागि अबको केही समयभित्रै देशव्यापी अभियान चलाउने मन्त्रालयको योजना छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL