Breaking News Tuesday, 6 Oct, 2020
Prestige Media

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी

रुपन्देहीबासी, प्रतिपक्षी नेपाली कांग्रेसको प्रतिरोधका बाबजुद नेकपाले प्रदेश ५ को स्थायी राजधानी र नामको विषय टुंगो लगाएको छ ।
प्रदेशको स्थायी राजधानी दाङको देउखुरी प्रदेशको नाम पनि लुम्बिनी रहने भएको छ ।
प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो ।
भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा राजधानीको छिनोफानो गर्ने भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे ।
हाल प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमा थियो ।
सत्तारुढ नेकपाले सरकारले पेस गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।
तर, कांग्रेसका केही सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा भोट हालेका छन् ।
यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुई तिहाइले पारित भएको छ । सो प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ । पक्षमा खसेको मत दुई तिहाइभन्दा बढी भए पनि सभामुखले प्रदेशको नाम लुम्बिनी कायम भएको घोषणा गरे ।

खुइलिँदै नेकपा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध रुपन्देहीका करिब २ हजार ३ सय व्यवसायीहरूले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् । राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यसमेत छन् ।
यस क्षेत्रका ३५ वटा व्यावसायिक संघसंस्थामा २ हजार ३ सय हाराहारी नेकपा पार्टी सदस्य छन् ।
व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकाले उक्त पार्टीमा रहन नसक्ने भन्दै परित्यागको घोषणा गरेका हुन् ।
होटल तथा रेस्टुराँ व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताए ।
‘पार्टीले निरंकुश तरिका अपनाएर राजधानी सार्ने निर्देशन ग¥यो । माननीयलाई मत राख्नसमेत वञ्चित गरियो । यसरी निरंकुशता स्वीकारेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकाले राजीनामा दिने निर्णय गरेका हौं,’ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले भने ।
नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काँध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य नभएको बताए ।
‘आफूहरूलाई धोका दिएर मतदाताको मानमर्दन गर्नुभयो । त्यति मात्र होइन, रुपन्देहीका संघसंस्थाले प्रदेश सरकारको स्थायित्वका लागि भौतिक संरचना उपलब्ध गराएको अवमूल्यन भयो’, उनले भने ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL