Exclusive News Monday, 5 Oct, 2020
Prestige Media

कोरोना महामारीलाई हल्का नलिन नेपाली कांग्रेसको सरकारलाई खबरदारी

प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारीलाई सरकारले हल्का रुपमा लिएको आरोप लगाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारी उदासीनताले सीमा नाघेको कांग्रेसले बताएको छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले संक्रमितको सम्पर्कमा आएकाहरूको ट्रेसिङ गरी परीक्षणको व्यवस्था गर्न नसकेको बताएका छन् ।
कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरूलाई राख्ने समुचित आइसोलेसन व्यवस्था सरकारले गर्न नसकेको कांग्रेसको भनाइ छ ।
‘विशेषतः काठमाडौं उपत्यकामा आइसोलेसनमा बस्नका लागि समुचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भए पनि मापदण्डअनुरुप बस्ने व्यवस्था छैन, उनीहरूको बिचल्ली भएको छ । यी संक्रमितहरूबाट थप संक्रमण फैलने परिस्थिति बनेको छ,’ कांग्रेस कोभिड १९ अनुगमन समितिका संयोजकसमेत रहेका महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘कतिपय संक्रमितहरू जो डेरामा बस्छन् या बाहिरबाट आएर परीक्षण गर्दा पोजेटिभ देखिएका छन्, सरकारी निकायहरूसँग फोन गरी आइसोलेसनमा बस्न माग गरेका छन्, उनीहरूलाई समेत केही दिनपछि सम्पर्क गर्नू भनेर पन्छ्याइएको स्थिति छ,’ विज्ञप्तिमा उल्लेख छ ।
उचित व्यवस्थापन हुन नसक्दा संक्रमितहरूले आफू संक्रमित भएको लुकाएर बस्नुपर्ने परिस्थिति बनेका कारण संक्रमण झन् बढेको कांग्रेसको बुझाइ छ ।
मापदण्डअनुरुप बस्ने व्यवस्था नभएका संक्रमितहरूलाई राख्न सरकारले आइसोलसनको तत्काल व्यवस्था मिलाउनुपर्ने र लक्षण देखिएका संक्रमितलाई अस्पतालमा उपचारको व्यवस्था मिलाउनुपर्ने माग कांग्रेसले अघि सारेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL