Exclusive News Friday, 25 Sep, 2020
Prestige Media

रेमिट्यान्स आप्रवाहमा सुधार

कोरोनाका कारण विश्व अर्थतन्त्र थला परे पनि विदेशमा बसेका नेपालीहरुले पठाउने रकम विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने बढेको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्समा उच्च वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको साउन महिनाको वित्तीय विरणमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड पुगेको उल्लेख छ । साउनमा भित्रिएको रेमिट्यान्स सोही अवधिमा मुलुकको व्यापार घाटाभन्दा १६ अर्ब ५२ करोड बढी हो ।
रेमिट्यान्समा साउनमा उल्लेख्य वृद्धि देखिनुमा ५ कारण रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । पछिल्लो समय विश्वव्यापी रुपमै रेमिट्यान्सको अवस्था सुधार हुँदै गएको र त्यसको प्रभाव नेपालमा पनि परेको हुन सक्ने उनको बुझाइ छ ।
नेपालीहरु कामका लागि गएका मुख्य देशहरुमा निर्माण क्षेत्र चलायमान हुँदै जान थालेकाले पनि रेमिट्यान्समा प्रभाव पार्नु अर्को कारण रहेको उनले औंल्याए ।
‘औपचारिक माध्यमबाट आउने रकमको प्रवाह बढ्दा पनि रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो । बैंकिङ प्रणालीबाट आउने रेमिट्यान्स पनि बढेको छ,’ भट्टले भने ।
कोरोना संक्रमणका कारण गत चैत, वैशाखतिर रोकिएको रेमिट्यान्स साउनमा थपिँदा पनि त्यसको असर अहिले देखिएको उनको बुझाइ छ ।
विदेशमा रोकिएकाहरु साउनमा फर्केर आउँदा पनि रेमिट्यान्स ल्याएकाले त्यसको केही असर देखिएको हुन सक्ने भट्टले बताए ।
चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा ७६ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा व्यापार घाटा घाटा २२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.९ प्रतिशतले ह्रास आएको थियो । यो महिनामा कुल वस्तु आयात १९.६ प्रतिशतले घटेर ८५ अर्ब ८१ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११.५ प्रतिशतले घटेको थियो । वस्तुगत आधारमा चामल, दूरसञ्चार उपकरण तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, कोइला, खानेतेललगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम, यातायातका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको राष्ट्रले बताएको छ ।
कुल वस्तु निर्यात ८.९ प्रतिशतले वृद्धि भई ९ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.७ प्रतिशतले बढेको थियो ।
वस्तुगत आधारमा पश्मिना, ऊनी गलैंचा, आयुर्वेदिक औषधी, जडीबुटी, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, जुस, अलैंची, पोलिस्टर यार्न तथा अन्य धागो, जस्तापातालगायत वस्तुको निर्यात घटेको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आयात खुम्चिएको राष्ट्र बैंकले औंल्याएको छ ।

भुक्तानी सन्तुलनमा बचत
रेमिट्यान्समा उच्च वृद्धि भई व्यापार घाटामा कमी आउँदा मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा थियो । मुलुकबाट बाहिरिने र भित्रिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ ।
समीक्षा अवधिमा चालू खाता २५ अर्ब ४१ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९ अर्ब ३४ करोडले घाटामा थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL