Exclusive News Thursday, 24 Sep, 2020
Prestige Media

अनियमिततामा अख्तियारको मौनताप्रति लेखा समितिको चासो

गोकुल अर्याल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका दुई ठूला खरिद प्रकरणमा संसद्को सार्वजनिक लेखा समितिले चासो देखाएको छ ।
लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तथा वाइडबडी जहाज प्रकरणको छानबिनमा भएको प्रगतिबारे अख्तियारसँग विवरण माग गरेको हो ।
समितिको बिहीबारको बैठकमा सांसदहरूले यी दुई प्रकरणमाथिको अनुसन्धानमा तदारुकता नदेखाएको बताएपछि यसबारे प्रगति विवरण पेस गर्न अख्तियारलाई पत्र लेख्ने निर्णय भएको लेखा समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले लेखा समितिले पठाएका अनियमितताका घटना छानबिन गर्न अख्तियार चुकेको बताए । उनले यी दुई ठूला प्रकरणबारे अख्तियारलाई पत्र लेख्न जरुरी रहेको आवश्यकता औंल्याए ।
त्यस्तै, नेकपाका सांसद विरोध खतिवडाले लामो समयदेखि छानबिनमा रहेका यी प्रकरणको परिणाम बाहिर नल्याइनुको कारण अख्तियारसँग माग्नुपर्ने बताए ।
सांसद राजेन्द्र केसीले वाइडबडी अनियमितता र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेखा समितिले अख्तियारलाई छानबिन गर्न भने पनि उसले लामो समय मौन बस्नुको कारण माग गर्न आग्रह गरे ।
सुरुमा अख्तियारले केही महिना लाग्ने भनेको तर अहिले मौन बसेकाले समितिका तर्फबाट यसबारे चासो देखाउन जरुरी रहेको केसीको भनाइ छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जीतेन्द्र देव, सचिवहरु, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि अनियमितताको आरोप लागेको छ ।
वाइडबडी विमान खरिदमा लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक अनुसन्धान गरी कारबाही गर्न दुई वर्ष अगाडि अख्तियारलाई पत्राचार गरेको थियो ।
तर, हालसम्म त्यसको अनुसन्धानका विषयमा भएको प्रगतिबारे जानकारी नभएको भन्दै विवरण माग गरिएको लेखा समिति सभापति भरत शाहले जानकारी दिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL