Breaking News
Monday, 21 Sep, 2020
अस्ताए हिमचितुवा
पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । शिखर आरोहणमा कीर्तिमान कायम गरेका कारण उनलाई ‘हिम चितुवा’ को उपनाम दिइएको थियो । आङरितासँग बिनाअक्सिजन १० पटकसम्म सगरमाथा चुचुरोको सफल आरोहण गरेको कीर्तिमान छ ।
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले सोमबार बिहान जोरपाटीस्थित आप्mनी छोरीको घरमा आङरिता शेर्पाको निधन भएको बताए । उनी लिबर र ब्रेनसम्बन्धी समस्याबाट पीडित थिए ।







