Exclusive News Monday, 21 Sep, 2020
Prestige Media

क्लिन फिड लागू गर्न संसदीय समितिको निर्देशन

संसद्को विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ भित्र  विज्ञापन बोर्ड गठन गरी ‘क्लिन फिड’ लागू गर्न सरकारलाई निर्देशन दिएको छ ।

सरकारले क्लिन फिड लागू गर्न ढिलाइ गरिरहेका बेला विज्ञापन नियमन ऐनमा भएको बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिंक अनुमित लिएर नेपालमा प्रसारणमा रहेका टीभी च्यानलहरूलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समितिले निर्देशन दिएको हो ।

समितिको निर्देशनमा विज्ञापनरहित हुन नसक्ने च्यानलहरूको प्रसारण रोक्न भनिएको छ । समिति सभापति कल्याणीकुमारी खड्काका अनुसार विज्ञापनरहित हुन नसक्ने च्यानलहरूको प्रसारण रोक्न सञ्चार मन्त्रालयले बनाएको कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न निर्देशन दिइएको छ ।

विज्ञापन ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरूको प्रसारण रोकिँदा पर्ने सकारात्मक र नकारात्मक प्रभावबारे पनि मन्त्रालयको धारणा १५ दिनभित्र पेस गर्न समितिले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । सञ्चार मन्त्रालयका अनुसार विज्ञापन बोर्ड गठनका लागि नियमावली यही साताबाट कार्यान्वयनमा ल्याउने तयारी छ ।  बोर्ड गठनका लागि मन्त्रिपरिषद्मा नियमावली पुगे पनि स्वीकृत नहुँदा समस्या भएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले बोर्ड गठनका लागि नियमावली मन्त्रिपरिषद्मा पुगेको र स्वीकृत हुन बाँकी रहेको बताए । उनका अनुसार नियमावली स्वीकृत भएलगत्तै राष्ट्रिय प्रसारण ऐन र नियमावलीले समेत विदेशी टेलिभिजनलाई विज्ञापनरहित बनाउन कुनै बाधा पर्ने छैन  ।

समिति बैठकमा सांसदहरूले ऐन कार्यान्वयमा सरकारले तदारुकता देखाउन नसकेको भन्दै आलोचना गरेका थिए । संसद्का दुवै सदनवाट पारित भई राष्ट्रपतिबाट ०७६ कात्तिक ८ मा स्वीकृति पाएको विज्ञापन ऐन हालसम्म कार्यान्वयमा आउन सकेको छैन । उक्त ऐन तुरुन्त प्रारम्भ हुने व्यवस्था छ ।

नेपाल विज्ञापन संघ (आन) ले विज्ञापन बोर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धित मन्त्रालयले अगाडि बढाउन जरुरी रहेको बताएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL