Exclusive News Saturday, 12 Sep, 2020
Prestige Media

‘अस्वस्थ निर्वाचन नै भ्रष्टाचारको मूल कारण’

काठमाडौं
पूर्वराष्ट्रपति डा. रामवरण यादवले निर्वाचनमा हुने अस्वस्थ प्रतिस्पर्धा नै भ्रष्टाचारको प्रमुख कारक रहेको बताएका छन् । निर्वाचन निष्पक्ष भए भ्रष्टाचार स्वतः घट्ने उनको भनाइ छ ।
युएस–नेपाल पोलिसी रिसर्च सेन्टरद्वारा आयोजित ‘राजनीतिक संस्थाहरूमा संकट र निर्वाचन प्रणालीमा सुधार’ शीर्षकको भर्चुअल सम्मेलनको शनिबार उदटन गर्दै डा. यादवले भने, ‘निर्वाचन पारदर्शी, निष्पक्ष र धाँधलीरहित हुने हो भने भ्रष्टाचारलगायतका समस्या स्वतः कम हुन्छन् ।’
गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको नाताले संविधान जारी गरेको प्रसंग स्मरण गर्दै संविधानमा प्राण भर्ने काम राजनीतिक पार्टीहरूले नै गर्नुपर्नेमा उनले जोड दिए ।
‘प्रथम राष्ट्रपतिको नाताले जनतालाई संविधान समर्पण गर्ने अवसर पाएँ तर संविधानमा मान्नुपर्ने जिम्मेवारी दलहरूकै हो,’ पूर्वराष्ट्रपति डा. यादवले भने, ‘मधेसी, दलित, महिला, आदिवासी जनजातिलगायतका समुदायलाई राष्ट्र निर्माणमा सहभागी गराउन जनतालाई अधिकारसम्पन्न बनाउनुको विकल्प छैन ।’
दक्षिण एसियाकै सबैभन्दा पुरानो देश भएर पनि नेपालमा राजनीतिक परिवर्तन छिटोछिटो भइरहेको उनको बुझाइ छ ।
निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले चुनाव महँगो हुँदा निर्वाचित जनप्रतिनिधिहरू नै जनताप्रति उत्तरदायी नभएको बताए । अहिलेको निर्वाचन प्रणालीमा जति नै लोकप्रिय र योग्य भए पनि खर्च गर्न नसक्ने व्यक्ति निर्वाचित भएर आउन असम्भव प्रायः रहेको उनको दाबी थियो ।
आयोजक युएस–नेपाल पोलिसी रिसर्च सेन्टरका अध्यक्ष डा. राजन पन्तले निष्पक्ष र धाँधलीरहित चुनावबिना लोकतन्त्र बलियो हुन नसक्ने औंल्याए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL